Wednesday, December 3, 2008

जनमुक्ति सेना र नेपाली सेनाले गरे प्रगतिशील विवाह

महादेवबेसी । बिहे थियो तर बाजा गाजा र रमझम थिएन । गलामा दुबोको माला र नयाँ पोसाकमा ठाँट्टएिका वर बधु देख्दा सामान्यतया कुनै र्काक्रमको नायक नायिका जस्तै देखिन्थे । भोजभते, परम्परागत जग्गे, ब्राहृमण त झनै देखिएनन् त्यहाँ । महादेवबेसी बजारमा शनिबार बिहेको निम्ता मान्न आएका निम्तालुहरु खुसामुख गर्दै थिए- 'बिहे हुनु त यस्तो पो !' सेना समायोजनको बहस चलिरहेको बेला माओवादी जनसेना र नेपाली सेनाका जवानबीचको बिहे हुनुको सन्देश नै भिन्नै छ ।
यो प्रसंग हो माओवादी जनसेनामा रहेकी महादेवबेसी बजारकी सलिसा अर्याल र नेपालगञ्ज बेलासपुर स्थायी घर भएका नेपाली सेनाका जवान श्रीकुमार आचार्यबीचको प्रगतिशील विवाहको । समाज परिवर्तनका लागि प्रगतिशील विवाहको ब्यानरसहितको सो कार्यक्रमका प्रमुख अतिथि धादिङ क्षेत्र नम्बर १ का सभासद पुष्पविक्रम मल्लले भने, 'यो बिहेको सांस्कृतिक मात्र होईन राजनीतिक अर्थ पनि छ । बिहेमा ठुलो धनराशीको खर्च गर्नु राम्रो होइन, बरु सकिन्छ भने छोरीलाई अंश दिनर्ुपर्छ ।'
मल्लले नयाा नेपालको लागि नयाँ सोच र चिन्तनका साथ अघि बढ्न यो विवाह प्रेरणा हुने पनि बताए । उनले अगाडि थपे, 'दिमागमा क्रान्ति नगरी कहींकतै क्रान्ति हुँदैन, पहिले आफ्नो दिमागमा क्रान्ति गरौं ।'
स्थानीय महादेवबेसीकी अर्याल र उनको गाउँ नजिकै रहेको कोइराले डाँडामा रहेको सेनाको क्याम्पमा कार्यरत आचार्यको एक वर्षलामो प्रेम चल्यो । प्रेम सम्बन्धका कारणनै हामी यहाँसम्म आइपुग्यौं छापामार तालिमप्राप्त बधु सलिसाले भनिन् । अझ उनीहरुको प्रेम कहानी झनै मन छुने छ । चितवनको शक्तिखोर स्थित जनसेनाको शिविरमा रहेकी सलिसा १ वर्षछि घर आएकी थिइनन् ।
जनयुद्धका बेला तत्कालिन शाही सेनाले गिरङ्खतार गरी बेपत्ता बनाइएका बुवा इन्द्रबहादुरको खोजीका लागि सेनासँग नजिकिंदै गर्दा नेपाली सेनाका प्युठ श्रीकुमारसंग परिचय भयो । अर्याललभनिन्, 'त्यस पछि मलाई उहाँको स्वभाव मन पर्न थाल्यो ।'
बधु अर्यालका पितार् इन्द्रबहादुर अर्याललाई २०६० कात्तिक २५ गते माओवादीको आरोपमा सेनाले पक्राउ गरी हालसम्म बेपत्ता पारेको छ । बावु बेपत्ता भएपछि बदलाको भावमा ०६३ साउनमा १० कक्षा पढ्दा पढ्दै जनसेना बनिन् । २० वषिर्या अर्याल अन्मिनले गरेको पहिलो प्रमाणिकरणमा छानिएकी थिइन् । दोश्रो पटकको प्रमाणिकरणका बेला घर बिदामा आएर सेनाको प्रेम जालमा फसेपछि नफर्किएकी उनी जनमुक्ति सेनाको शक्तिखोर स्थित शिविरमा कार्यरत छिन् । बाबु बेपत्ता पारिएपछि तत्कालिन शाही सेनासंग आगो बनेकी सलिसाले अन्ततः सेनाको प्रेममा फसिन् ।
उनीहरुको प्रेम सम्बन्धका बारेमा घर परिवारलाई समेत थाहा थियो । परिवारले पनि उचित समय मिलाएर बिवाह गरिदिने सोच बनाएको बताए । बिहेमा सहभागी स्थानीयर् इश्वर थापाले भने- 'ज्यादै राम्रो अझ जीवनसाथी भएपछि ।'
हाल चर्चाको शिखरमा रहेको दर्ुइ सेनाबीचको लगनगाँठो बस्दै गर्दा माओवादी सभासद पुष्पक्रिम मल्ल मात्र होइन जनमुक्ति सेनाका चौथो डिभिजन कमाण्डर यमबहादुर अधिकारी, माओवादी धादिङकी सेक्रेटरी आकंाक्षा लगायत माओवादी नेता कार्यकर्ता सहभागी थिए । विवाह समारोहमा अतिथिलाई स्वागत गर्ने क्रममा दुलाहीको काका भरत अर्यालले समाज परिवर्तनको आस्था बोकेका बावुलाई सेनाले बेपत्ता बनाएपनि परिवर्तित सर्न्दर्भमा सेनालाईनै छोरी दिइएको बताए । उनले आफ्ना दाजुको बेपत्ता पार्नमा संलग्नहरुलाई कारवाही गरिनुपर्नेमा जोड दिंदै भने गल्तीलाई नस्वीकारी नयाँ नेपाल सम्भव छैन । 'परिस्थिति बदलिएको छ, अब बदलाको भावनाले मात्र काम गर्दैन' -भरतले भने । स्थानीयबासीले परिवर्तनको लागि लडेको जनमुक्ति सेना र नेपाली सेनाको बीचमा अब चौतर्फी रुपमा सम्बन्ध सुधारिनु पर्ने आवश्यकतालाई यो बिवाह महत्वपर्ूण्ा कडी भएको बताए । युद्धकालका कटुतालाई बिर्सिएर नयाँ आधारमा सम्बन्ध सुधारेर लान सकिएमा मात्र नयाँ नेपाल सम्भव हुने उनीहरुको कथन थियो । आशा गरौं, भड्किलो विवाह गर्नेहरुलाई र निरपेक्ष दुश्मनीको सोच राख्नेहरुले यो विवाहले चुनौती र नयाँ सन्देश दिनेछ ।

No comments: