Wednesday, December 3, 2008

खबरदार !

- रुद्रभट्ट नलाङ
हिजोका ती सामन्तका नाइकेहरु
आज एकाकाएक फेरिंदै छौं रे
जनरगत डकार्ने हिजोका पापी
आज एकाएक धर्मात्मा बन्दै छौ रे
तर हिजोका पाप कसरी काट्छौ -
भैरव नाथमा हजारौं मानव चियान खन्नेहरुर्
बर्बर राज्यआतंक मच्चाएर
न्यायप्रेमी जनतालाई आतंककारी भन्नेहरु,
आज एकाएक भेष बदल्दै छौ रे,
हिजोका झुसिले किरा
आज पुतली बन्दै छौ रे !
ओ हिंस्रक अपराधीहरु,
खबरदार !
ठिक छ, समय अनुकूल आफूलाई त बदल
तर हिजोका पापको सजाय तिमीहरुले पाउनर्ुपर्छ
तिमीहरुलाई पनि कालकोठरीको पोखरीमा
डुबाएर सिस्नो पानी लाउनर्ुपर्छ,
तिमीहरुलाई पनि मुसोलिनीले झैं
अपराधबोध गर्न पाउनर्ुपर्छ
गणतन्त्रको नाम सुन्ना साथ बेहोस् हुनेहरु
निरंकुश कुतन्त्रको वकालत गर्नेहरु -
तिमीहरु त नालीका किरा हौ किरा
धोइ पखाली गरेर चोखो हुँदै छौ रे !
गणतन्त्रको खोक्रो नारा बोकेर
भित्र-भित्रै रुँदै छौ रे !
ओ, समाजमा डुङडुङ गन्हाउनेहरु,
गणतन्त्रको निमित्त लड्ने जनतालाई
यातनाले अपांग बनाउनेहरु,
विर योद्धाहरुलाई कु-ठाउँमा करेण्ट लगाएर
नपुंशक बनाउनेहरु
आज गणतन्त्रको बहस गर्दै छौ रे !
राता मान्छेहरुलाई बुट, बन्दुक, यातना, हत्या
बेपत्ता र बलत्कारले तर्सर्ााेहरु
बच्नको निमित्त जनतामा भ्रम र्छर्दै छौ रे ।
तर, खबरदार
राता मान्छेले रगतको खोला बगाएका छन् ।
राता मान्छेको सपना पूरा हुनको लागि
तिमीहरुले पनि कठोर सजाय भोग्नर्ुपर्छ,
तिमीहरुलाई पनि अब जनताले
जेल, नेल र हत्कडी ठोक्नर्ुपर्छ ।

No comments: