Wednesday, December 3, 2008

परम्परालाई नयाँ ढंगले विकास गरौं ।

भर्खरै जिल्लाको १ नं. निर्वाचन क्षेत्र अर्न्तर्गत पर्ने सल्यानकोटको त्रिपुरासुन्दरी माई मेला भव्य र आकर्ष उपस्थितिका साथ सम्पन्न भएको छ । नेपालकै ठूला मेलाहरु मध्ये यो मेला पनि एक मानिन्छ । पहाडी मेलाहरुमा पर्ूवको हलेसी मेलालाई पनि ठूलो मेला मानिन्छ । राजा पृथ्वीनारायण शाहको पालादेखि नै चल्दै आएका यस्ता मेलाले एकातिर इतिहासको पुनर्ताजकिका साथ निरन्तरतालाई स्थान दिएको हुन्छ भने अर्कोतिर समाजको आधुनिकतासँगै मेलाले नयाँ मान्यताहरुको विकास गर्दै गएको छ । यसले जनमानसमा बेग्लै र विशेष ठाउँ ओगटेको त छ नै । बर्षोनि ५० औं हजार भक्तजनहरु जम्मा हुने यस्ता मेलाको विगतको उद्देश्य जे भए पनि पछिल्लो अवधिमा यसले टाढा टाढाका आफन्तजनहरुको पुनर्मिलन, भेटघाट र सद्भावनाको साटासाट गर्ने अवसरको रुपमा विकसित हुँदै गएको छ । मेलालाई नयाँ ढंगले विकास गर्दै जानु नयाँ पुस्ताको काँधमा आएको महत्वपर्ूण्ा जिम्मेवारी पनि हो ।
विगतमा यस्ता मेलाहरु जाँड, रक्सी, रण्डीबाजी, हुल्याहा गुण्डागर्दी र रिसइवी साधना गर्ने थलोको रुपमा विकास हुन खोज्दै थियो । तर पञ्चायती व्यवस्थाको अन्तसँगै यस्ता मेलाहरु सचेततापर्ूवक राजनीतिक सत्ता विरोधी संर्घष्ाको लागि जनसंगठन गर्ने माध्यमको रुपमा विकसित र परिमार्जित हुनु सराहनीय बिषय मान्नर्ुपर्छ ।
पञ्चायती व्यवस्थाको अन्तपछि यस्ता मेलाहरुमा राजनीतिक सन्देशहरु मार्फ जनसंगठन विस्तार गर्न मद्दत पुग्ने खालका सांस्कृतिक कार्यक्रमहरु हुँदै आएको पाइन्छ । विशेषगरी वामपन्थी दलहरुले यस्ता राजनीतिक मूल्य सहितका सांस्कृतिक कार्यक्रमहरुले मेलालाई पुरानो मूल्य-मान्यताको ठाउँमा नयाँ मूल्यमा रुपान्तरित गर्न मद्दत पुगेका हुन्छ । पुराना मान्यताहरुको ह्रास हुँदै जाने र नयाँ मान्यताहरुको विकास हुँदै जाँदा यस्ता मेलाहरुको महत्व पनि बढ्दै जाने निश्चित छ ।
अवश्य पनि पुराना सांस्कृतिक मूल्य मान्यतासँग केही सकारात्मक पक्षहरु रहेका हुन्छन् । संस्कृति भनेको मानव संर्घष्ाबाट सृजित सभ्यताको फेहरिस्त पनि हो । मानवीय चेतनास्तरसँग समानान्तर हुने यस्ता सांस्कृतिक मूल्य मान्यताको समय सर्न्दर्भ अनुसार वैज्ञानिकीकरण गर्न सकिएमा नै हामीले पर्ुखाले दिएको जिम्मेवारी पूरा गर्न सक्छौं र नयाँ नेपाल पनि निर्माण गर्न सक्छौं ।

No comments: