- उत्तम कंडेल
नेकपा माओवादीको यसपटकको राष्ट्रिय भेलामा लोकतान्त्रिक गणतन्त्र कि जनगणतन्त्र भन्ने कार्यनीतिक नाराको बिषयमा ऐतिहासिक छलफल भयो । यो बहस नेपाल कम्युनिष्ट पार्टर्ीीे इतिहासमा भएको ठूला ठूला बहस मध्येकै एउटा बहस थियो । कम्युनिष्टहरु अन्तरसंर्घष्ा पछि प्रायः फुटेर जडसुत्रवादमा या सम्झौता गर्दै दक्षिणपन्थी अवसरवादमा फसेका छन् । यसपटक माओवादीहरुको नियति पनि यस्तै हुनेछ भन्ने वर्गविरोधीहरुको ठूलो विश्वास थियो । नेपाली काँग्रेसका नेता एवं पर्ूव प्रम गिरिजाप्रसादले त माओवादीहरुको सरकार आफ्नै कारणले ढल्नेछ भन्दै माओवादीहरु फुटतर्फजाँदैछन् भन्ने विश्लेषण गरेका थिए । त्यतिमात्रै होइन, विश्व साम्राज्यवाद र र्सवहारावर्ग विरोधीहरुले नेपाली माओवादीहरुको फुट र विभाजनको लागि अनेकौं दाउपेच र षड्यन्त्रहरु गर्दै आएका थिए ।
नेपाली कम्युनिष्टहरुको फुटको परम्परा विपरित यसपटक पार्टर्ीीे बहसले नेकपा माओवादीलाई एकढिक्का बनाएको छ । यो वर्गवैरीको सपनालाई ध्वस्त बनाउने र क्रान्तिकारीहरुलाई नयाँ उत्साह थप्ने खालको थियो । कार्यदिशा सम्बन्धी बहसलाई १२ सय प्रतिनिधिहरुले निकै गहिर्राईमा पुगेर चिरफार गर्ने काम गरे ।
जसले जुन पक्षबाट बहस गरे पनि आखिर सबै कार्यकर्तामा १० बर्षो जनयुद्ध, महान सहिद र क्रान्तिकारीहरुको सपनालाई कसरी पूरा गर्ने भन्ने चिन्ता र चासो थियो । दुवै दस्तावेजले नेपाली जनता र राष्ट्रको परिवर्तनलाई कसरी पूरा गर्न सकिन्छ भन्ने उपाय खोजेका थिए । क. किरणलाई अध्यक्ष प्रचण्डको दस्तावेजले सुझाएको बाटो र नेतृत्वबाट क्रान्ति दक्षिणपन्थी सुधारवादमा फस्छ कि भन्ने आशंका बढेको र क.अध्यक्षलाई क.किरणले सुझाएको बाटोबाट हिंड्दा क्रान्तिले निकै नराम्रो धक्का खेप्नुपर्ने हो कि भन्ने आशंका थियो । आखिर दुवै नेतृत्वगणको विचारले जनयुद्ध र जनआन्दोलनले उठाएका मागलाई सम्बोधन गर्दै कम क्षतिमा क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने चिन्ता नै थियो ।
संविधानसभाको निर्वाचनपछि प्राप्त भएको सरकार र संविधानसभाको नेतृत्व गरेर जनयुद्ध र जनआन्दोलनले उठाएका मागहरु पूरा गर्दै नेेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने कुरामा दुवै नेतागण र दस्तावेजको मतैक्यता थियो । दायाँ र वायाँ भड्काउबाट बचाएर मात्र क्रान्ति पूरा गर्न सकिन्छ भन्ने वहाँहरुको धारणा थियो । त्यसैले पनि यसपटकको बहस फुट र विभाजनमा हैन एकता र विश्वासमा परिणत हुनपुग्यो ।
भेलाले दुवै दस्तावेजको अपर्ूण्ाता र कमजोरीविरुद्धमा सशक्त आवाज उठायो । क्रान्ति दक्षिणपन्थी अवसरवादको दलदलमा पनि नफसोस् र वामपन्थी जडसुत्रवादमा पनि नफसोस् भन्ने भेलाको आग्रह पछि दुवै दस्तावेजको सवल पक्षहरुलाई एकिकृत गरी पार्टर्ीीकता कायम भएको हो । वास्तवमा यो कुनै सम्झौता थिएन । कमिकमजोरी हटाएर एउटा बलियो पार्टर्ीीकता कायम गर्ने वैज्ञानिक र कुशल अन्तरसंर्घष्ाको परिणाम थियो । यो भेलाले कम्युनिष्टहरु फुट र सम्झौताको कोणबाट हैन, उच्च जनवाद या अन्तरसंर्घष्ाको प्रयोगबाट पार्टर्ीीकता निर्माण गरी राष्ट्र र जनताको परिवर्तनको आकांक्षालाई पूरा गर्न दृढ हुन्छन् भन्ने सन्देश दिइएको छ ।भेलाले नेपाली कम्युनिष्टहरुको अन्तर जनवाद ज्यादै उच्च र मौलिक प्रकारको रहेको कुरा पुष्टि गरेको छ । आफूलाई निकै लोकतान्त्रिक ठान्ने नेपाली काँग्रेसभित्र अन्तरपार्टर्ीीनवाद पटक्कै देखिंदैन । ऊ शुरुदेखि नै अधिनायकवादी र एकव्यक्ति निर्देशनमा चलेको छ । तर यसको विपरित कम्युनिष्टहरुसँग अन्तरपार्टर्ीीनवाद ज्यादै उच्च प्रकारको देखिन्छ । विगतमा कम्युनिष्टहरुले नयाँ जनवादको प्रयोगको एक दलीय अभ्यास गरेको कारणले कम्युनिष्टहरु अधिनायकवादी हुन्छन् भन्ने आरोपलाई प्रतिष्पर्धासहितको २१ औं शताब्दीको जनवादको अवधारणा अगाडि आएपछि अब कम्युनिष्टहरु नै अन्तरजनवाद र जनताको जनवादको श्रेष्ठ र अग्रगामी प्रयोगकर्ता हुन भन्ने कुरा भेलाले पुष्टि गरेको छ । यो भेलाले बहसपछि पारित गरेको जनताको संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रले अब बाहृय जनवाद -लोकतन्त्र) र आन्तरिक लोकतन्त्र प्रतिको विश्वासलाई बढाएको छ । यसले नेपाली जनताको परिवर्तन र लोकतान्त्रिक आकांक्षालाई सुदृढ गर्दै नेपालको क्रान्ति सम्पन्न हुने विश्वास अझै नयाँ उचाईमा बढाएको छ ।

No comments:
Post a Comment