Monday, December 1, 2008

समचारहरु

पत्रकार हत्याको र्सवत्र विरोध
काठमाडौं । कैलालीका क्रान्तिकारी पत्रकार संघका अध्यक्ष जे.पी. जोशीको हत्याको विरोधमा आइतबारदेशका विभिन्न ठाउँहरुमा विरोध पर््रदर्शन गरिएका छन् ।
हत्याको विरोधमा नेपाल पत्रकार महासंघले काठमाडौंमा पर््रदर्शन गरेको छ । विरोध र्‍यालीपछि कोणसभामा पत्रकारहरुको सुरक्षाको प्रत्याभूतिको माग गरेका छन् । विरोधको क्रममा पत्रकारको सुरक्षा, प्रेस स्वतन्त्रताको ग्यारेन्टी, दोषीलाई कार्वाही, पीडित परिवारलाई राहतको माग महासंघले गरेको छ ।
सुधारिएको चूलो निर्माण तालिम सम्पन्न
मुरलीभञ्ज्याङ / सुधारिएको चुलो पर््रवद्धक संघ धादिङको आयोजना र ग्रामिण प्रविधि केन्द्रको सहयोगमा १ हप्ते सुधारिएको चुलो निर्माण तालिम सम्पन्न भएको छ । मुरलीभञ्ज्याङको ससाह देउरालीमा मंसिर ८ गते देखि संचालित तालिममा धादिङ, मकवानपुर र रसुवाका १५ जना प्रशिक्षार्थी सहभागी भएका थिए । प्रशिक्षकहरु सानुवावु पण्डित, नमराज सापकोटा र किरण अर्यालले सुधारिएको चुलो निर्माण सम्बन्धी तालिम दिएका थिए ।
तालिममा रसुवाबाट २ महिला र धादिङबाट १ गरी ३ महिला र १२ पुरुष सहभागी मध्ये धादिङ मार्पाकका अपाङ्ग -कान नसुन्ने) सानुभाइ अधिकारी समेत सहभागी थिए । तालिममा धादिङबाट ६ जना, मकवानपुरबाट ६ जना र रसुवाबाट ३ जना सहभागी रहेको संघका अध्यक्ष र्सर्ुयप्रसाद तिमल्सिनाले बताउनु भयो । उहाँका अनुसार जिल्लामा तीन पटक तालिम दिएको र हालसम्म १५० भन्दा बढीले तालिम लिएको बताउनु भयो ।
स्मरण रहोस् नेपालमा दाउराबाट खाना पकाउने अधिकांस महिलाहरुलाई दमरोगले ग्रस्त बनाउने गर्दछ साथै सुधारीएको चुलोबाट आर्थिक तथा समयको बचत हुने सुधारिएको चुलो प्रयोगकर्ताहरुको भनाई रहेको छ ।
पत्रकार महासंघले प्रधानमन्त्रीलाई माग पूरा गर्न चेतावनी दिंदै सञ्चारमन्त्री कृष्णबहादुर महरामार्फ एक ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा सोमबारसम्म न्यायिक आयोग गठन, दोषीलाई कारवाही नभए मंगलबारदेखि कडा आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ । सञ्चारमन्त्री महराले सोमबारसम्म न्यायिक आयोग बन्ने आश्वासन महासंघलाई दिएका छन् ।
यसैबीच रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले स्वर्गीय पत्रकार जोशीको परिवारलाई राहतस्वरुप १० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ । झण्डै दर्ुइ महिनादेखि बेपत्ता पत्रकार जोशीको शब गएको शुक्रबार कैलालीको मालखेती जंगलमा भेटिएको थियो ।
पत्रकार महासंघको अन्तरक्रिया सम्पन्न
संविधानसभा सदस्य वीरबहादुर तामाङले जनताको लामो संर्घष्ा, त्याग, तपस्या र बलिदानीपछि मात्रै जनताले संविधानसभाको अवसर पाएको बताउनुभएको छ ।
उहाँले उक्त कुरा नेपाल पत्रकार महासंघ, धादिङ शाखाले बिहीबार धादिङबेसीमा सम्पन्न 'संविधान निर्माणमा सञ्चारकर्मीहरुको भूमिका' बिषयक अन्तरक्रियालाई सम्बोधन गर्दै बताउनुभएको हो ।
अन्तरक्रियामा विशेष अतिथि तथा पत्रकार महासंघका सचिव राम्जी दाहालले नयाँ संविधानको अपरर्ीवर्तनीय धारामा प्रेस स्वतन्त्रता उल्लेख गराउन महासंघले प्रयत्न गरिरहेको बताउनुभयो ।
पत्रकार महासंघको केन्द्रीय योजना अनुसार सम्पन्न उक्त अन्तरक्रियामा पार्टर्ीी्रतिनिधिहरु र विभिन्न संघसंस्थाका प्रतिनिधहरु लगायतले जनपक्षीय संविधान निर्माणमा पत्रकारहरुको उल्लेखनीय भूमिका रहने बताएका थिए ।
वृद्ध, वृद्धा तथा एकल महिला भेघघाट
नलाङ । नेकपा -माओवादी) नलाङले मंसीर १३ गते वृद्धवृद्धा, एकल महिला तथा ६० बर्षनाघेका दलितसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बद्धबृद्धालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा माओवादी ताम्सालिङ राज्य समितिका सदस्य शेरबहादुर भण्डारीले माओवादी जहिले पनि दीनहिन दुःखी र असहायहरुको पक्षमा वकालत गर्दै आएको बताउनुभयो । कार्यक्रममा इलाका इञ्चार्ज विकास सुवेदीले पनि सम्बोधन गर्नुभएको थियो भने माओवादी नलाङ इञ्चार्ज शालिकराम अर्याल, अखिल नेपाल शिक्षक संगठन धादिङका सचिवालय सदस्य घनश्याम भट्टले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
माओवादी नलाङ सेक्रेटरी राजाराम सिलवालको अध्यक्षता र तिलक गुरुङले सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा २ सय ५० भन्दा बढी वृद्धवृद्धा एवं एकल महिलाहरुको उपस्थिति रहेको थियो ।
माइस्थान जात्रा सम्पन्न
सल्यानकोट । बहुचर्चित त्रिपुरासुन्दरी माइको मन्दिरमा शनिबारदेखि शुरु भएको मेला सोमबार सम्पन्न हुँदैछ ।
हजारौंको संख्यामा उपस्थिति रहने न्वागी मेलामा मन्दिर नजिकै नेकपा माओवादी धादिङले एक जनसभा आइतबार सम्पन्न गरेको छ ।
सभासद पुष्पविक्रम मल्ल, डिभिजन कमाण्डर प्रतिक्षा लगायतले सम्बोधन गर्नुभएको उक्त सभामा लापाली विरिम सांस्कृतिक परिवार र स्थानीय विभिन्न क्लबहरुले विविध सांस्कृतिक प्रस्तुतीहरु पस्किएका थिए ।
पुनर्स्थापित भयो खानीखोलाको बैंक
नौबिसे । सशस्त्र जनयुद्धका बेला सुरक्षाका कारण देखाउँदै ०६१ सालदेखि विस्थापित बनेको खानीखोलास्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय शुक्रबारबाट पुनर्स्थापित भएको छ ।
बैंकको शाखा कार्यालयको उद्घाटन राष्ट्र बैंकका डेपुटी गभर्नर विरविक्रम रायमाझीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी प्रमुख जनार्दन आचार्य, बैंकका मुख्य अधिकृत प्रकाश ढुंगाना र ज्योतिचन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो । बैंकको उदेघाटनपछि नेपाल पेट्रोलियम पदार्थ डिलर्स एसोसिएनसन, धादिङका अध्यक्ष केदार पाठकले बैंकको पुनर्स्थापनापछि ग्रामिण जनता र व्यावसायीहरु हषिर्त भएको मन्तव्य राख्नुभएको थियो ।
शाखा कार्यालयका प्रमुखमा परशुराम पोखरेल रहने बैंकले जनाएको छ । स्मरण रहोस्, ०६१ मा सुरक्षाको कारण बैंकको खानीखोला शाखा कार्यलयलाई कलंकी शाखासँग गाभिएको थियो ।
बैंकको शाखा कार्यालय नहुँदा जिल्लाको नौबिसे, जीवनपुर, छत्रेदेउराली, केवलपुर, थाक्रे, गोगनपानी, तर्सर्पु, भुमेस्थान लगायतका गाविसको बासिन्दा र उद्योगी, व्यावसायीहरु अप्ठेरोमा परेका थिए ।
अन्ताक्षरी सम्पन्न
धादिङबेसी । एड्भान्स एकेडेमी ब्वाएज एण्ड गर्ल्स स्काउट ट्रुप्सको आयोजनामा एड्भान्स एकेडेमीमा सदन स्तरीय अन्ताक्षरी प्रतियोगिता सम्पन्न भएको छ ।
ट्रुप्स लिडर राजन अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निलो सदन प्रथम, हरियो सदन द्वितीय, पहेंलो सदन तृतीय र रातो सदन सान्त्वना भएको थियो ।
कार्यक्रममा सदस्यता ब्याज प्राप्त गर्ने स्काउटहरुलाई कार्यक्रमको प्रमुख अतिथि तथा विद्यालयका प्रिन्सीपल गोविन्द बुढाथोकी र टू्रप्सका सहायक स्काउट मास्टर बद्री अधिकारीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
विषाक्त रक्सी सेवनबाट २ को मृत्यू
कटुञ्जे । असावधानीवश बेचिएको विषाक्त रक्सीको सेवनबाट कटुञ्जेमा २ जनाको मृत्यू भएको छ ।
कटुञ्जे-२, भोक्टेनी गाउँमा शनिबार बेलुकी स्थानीय ६५ बषर्ीय चक्रबहादुर घले र ५७ बषर्ीय शेरबहादुर तामाङले बिषाक्त रक्सी सेवन गरेका थिए । चक्रबहादुरको शनिबार साँझ नै मृत्यू भएको हो भने शेरबहादुरको उपचारको क्रममा धादिङबेसीस्थित सहिद मेमोरियल अस्पतालमा आइतबार दिउँसो ज्यान गएको हो ।स्मरणीय छ, देशव्यापीरुपमा विषाक्त रक्सी सोफीको सेवनबाट मानिसहरुको ज्यान गएको स्थितिमा पनि धादिङमा यस्ता रक्सीहरु खुलम्खुला बिक्री वितरण भइरहेका छन् ।

No comments: