सेना समायोजन हुन दिन्न - गिरिजा
धादिङ । कुनैबेला नयाँ नेपालको सपना बोकेर संर्घष्ाको बाटो रोजेको नेकपा माओवादीलाई जसरी भएपनि सिध्याउने धुनमा विदेशी शक्ति केन्द्रदेखि सामन्ती राजासँग एकताबद्ध भएर प्रस्तुत भएका काँग्रेस नेता गिरिजाप्रसाद कोइराला यतिबेला ज्यान छाडेर माओवादीलाई असफल बनाउन लागि परिरहेका छन् ।
कुनै बेला विभिन्न राष्ट्रघाती सन्धी, सम्झौता, भ्रष्टाचार र लाउडा प्रकरणका नाइके भनेर जनताबाट अत्यन्तै तिरस्कृत बनेको कोइराला माओवादीसँग १२ बुँदे सम्झौता गरेर आएपछि रातारात चोखिएका थिए । त्यसो त, संविधानसभाको निर्वाचनमा नेपाली जनताले नराम्रोसँग मतदान नगरेर कारवाही गरेपछि सत्तारुपी अक्सिजन नपाएर अत्तालिएका कोइराला अहिले नयाँ संविधान निर्माणमा बिलम्ब गर्न लागि परिरहेका छन् ।
अहिले पनि माओवादीको असफलतामा नै आफ्नो सफलता देखिरहेका उनले कहिले जनमुक्ति सेना समायोजन हुन नदिने भन्दै यस अघि भएका विभिन्न सम्झौता र समझदारीहरुको धज्जी उडाइरहेका छन् भने अर्कोतिर नयाँ नेपाल निर्माणको महान काममा भाँजो हाल्दै अवरोधक बनेर जनताको भावनामाथि खेलवाड गरिरहेका छन् ।
आफैंले हस्ताक्षर गरेको विगतका सन्धी सम्झौताहरुको खिलाफमा अभिव्यक्ति दोहोर्याउँदै हिडेका कोइरालाकै नेतृत्वमा यसअघि माओवादी जनसेना र नेपाली सेनाको बीचमा समायोजन र पुनर्स्थापना गरिने स्पष्ट सम्झौता भएको थियो । जसमा कोइराला स्वयंले हस्ताक्षर गर्नुभएको छ । काँग्रेसकै अर्का नेता शेरबहादुर देउवाले भने सेना समायोजन हुनुपर्ने बताउनुभएको छ ।
माओवादीलाई अधिनायकवादी शक्तिको रुपमा व्याख्या गर्न रुचाउने कोइरालाको पार्टर्ीीेपाली काँग्रेसमा गिरिजाकै अधिनायकवादी शैलीका कारण लोकतान्त्रिक ढंगको संरचना र निर्ण्र्ाारु हुन नसकेको काँग्रेस नेता नरहरि आचार्य र गगन थापाहरुले दावी गर्दै आएका छन् । आन्तरिक जनवादमा अत्यन्तै पिछडिएको नेपाली काँगे्रसभित्र अहिले पनि विभिन्न ढंगले आन्तरिक व्रि्रोहको प्रयास भइरहेको छ । स्मरणीय छ, एकताका गिरिजाको कार्यशैलीको विरोधमा नै शेरबहादुर समूह काँगे्रसबाट अलग भएको थियो । प्राविधिक रुपमा एकता गरिए पनि भावनात्मक रुपमा अहिले पनि छरपस्टै विभिन्न अन्तरविरोधहरु रहेको स्वयं काँग्रेसका जिम्मेवार कार्यकर्ताहरुले बताउँदै आएका छन् ।
माओवादीलाई अत्याधिक मतले जनताले विजयी बनाइसकेपछि पनि कर्ुर्सर्ीीोड्न कोइरालाले गाह्रो मानेकै कारण माओवादीको नेतृत्वमा सरकार बन्न ढिलाई भएको थियो । जसको कारण बजेट आउन ढिला भएर जनपक्षीय काम हुन ढिला भएको माओवादी पक्षको दावी रहँदै आएको छ । यदि समयमै सरकार बनेको भए बजेट छिटो आउँथ्यो र यतिबेला त्यो क्रियान्वयनको प्रक्रियामा धेरै अघि बढिसक्थ्यो, माओवादी पक्ष थप दावी गर्दछ कि अझै पनि नयाँ बजेट क्रियान्वयनको प्रक्रियामा प्रवेश गरेपछि जनताले केही न केही परिवर्तनको अनुभूति गर्न सक्नेछन् । अहिले काँग्रेस सभापति कोइरालाले सेना समायोजनको विरुद्धम भाँजो हाल्नुले पछाडि नयाँ जनपक्षीय व्यवस्था संस्थागत हुन नदिने उनको नियत स्पष्ट भएको राजनीतिक जानकारहरुले बताउँदै आएका छन् ।

No comments:
Post a Comment