मुलुक शान्ति प्रक्रिया प्रवेश गरिसकेपनि नेपाली समाजको गर्भमा विकास भएको नयाँ शान्तिको मोडेलबाट विश्व नै आर्श्चर्यचकित भएको अवस्था अद्यावधि छ । यही सर्न्दर्भमा देशले अन्तर्रर्ााष्ट्रय रुपमा दिएको सन्देशको पृष्ठभूमिबाट हामी धादिङबासीले पनि त्यो महान अभियानमा साथ र सहयोग गर्नसक्नुपथ्र्यो । तर हामीले सिंगो राष्ट्रको त्यो अभियान र स्पिरिटलाई पकड्न सकेनौं । राजनीतिक संस्कारविहिन विभिन्न झडप, शोध-प्रतिशोधको श्रृंखलाहरु बढ्दै गए, जसले दर्जनौं मानवअधिकार उल्लंघनका घटनाहरु मात्र घटेनन्, अनाहकमा ३ जनाको ज्यान समेत गएको छ । जसले सिंगो देशलाई सकारात्मक सन्देश अवश्य पनि दिन सकिरहेको छैन ।
पछिल्लो धादिङ घटनाप्रकरणहरुले सिंगो देशको ध्यान धादिङतिर केन्द्रित भएको छ । लासमाथि राजनीति गर्ने घटिया चरित्रका कारण पनि राजनीतिक तनाव अझै बढ्ने संकेत देखिन थालेका छन् । एकातिर सामाजिक रुपमा पतित गुण्डा, तस्कर आदिलाई पार्टर्ीी स्थान दिने, अपराध गर्नेलाई कारवाही गर्न नदिई आपराधिक मनोवृत्तिलाई संरक्षण गर्ने प्रवृत्ति बढिरहेको पाइन्छ भने अर्कोतिर विभिन्न कमजोरीका बावजुद सृजित द्वन्दलाई व्यवस्थापन गर्ने भन्दा पनि त्यसलाई चर्काउने प्रयत्न गरिन्छ । जसबाट हिंसात्मक घटनाहरुको श्रृंखलाहरु अनावश्यक रुपमा लम्बिन जान्छ । यसको प्रतिफलमा विभिन्न गुट र समूहहरुले आफूले जितेको आत्मरति उन्मक्त हुनसक्छन् तर सिंगो समाज र देशले भने हारिरहेको हुन्छ ।
यतिबेला राजनीतिक दलहरु आ-आफ्नो ठाउँमा जिम्मेवार भएर प्रस्तुत हुनसक्नर्ुपर्छ । यस्ता खराब घटनाक्रमहरुलाई निरुत्साहित गर्ने एउटै मात्र सजिलो तरिका भनेको अपराधमा संलग्न मानिसहरुलाई कारवाहीको प्रक्रियामा समावेश गर्नु हो । दण्डहिनताबीनताको समाज अराजकताको समाज हो । अराजक समाजमा आज अरु कुनै व्यक्ति अराजकताको शिकार भयो भनेर कोही पनि फुरुङ्ग हुन आवश्यक छैन किनभने सचेत मान्छे त बुढी मरी भन्दा पनि काल पल्कियो भनेर र्सतर्क हुन आवश्यक हुन्छ । यर्सथ, हरेक सचेत नागरिकहरुले पनि दलहरुलाई जिम्मेवार बनेर प्रस्तुत हुन दबाव दिन आवश्यक छ ।वर्गीय समाजमा वर्गहरुको संर्घष्ा निरन्तर रहिरहन्छ । तर संर्घष्ा तिक्ततापर्ूण्ा र अमानवीय हुनथाल्यो भने त्यसले कुनै पनि वर्गको हित गर्दैन । अवश्य पनि हो, मुलुकमा खाइखेली गरेका हिजोका अभिजात वर्गहरु अहिले सत्ताबाट बढारिंदा रन्थनिएका छन् । यतिबेला उनीहरुले लिने प्रमुख सहारा भनेको अराजकता नै हो । शुरुमा अराजकताको घातक हतियार प्रयोग गर्दा तख्ता पलट भएका वर्गलाई क्षणिक आत्मरत्ति त मिल्न सक्छ तर अन्ततः उनीहरुको पतनलाई कसैले पनि रोक्न सक्दैन । तर्सथ, अराजकताको अन्त्य गर्दै शान्ति प्रक्रियालाई सफल बनाउन दण्डहिनताको अन्त्य गर्दै मूल्य र आदर्शको राजनीति सबैले गर्न आवश्यक छ । छाडौं प्रोपोगाण्डाको राजनीति ।

No comments:
Post a Comment