कतारका धादिङेहरुको नयाँ कार्यसमिति
मुक्तिमार्ग संवाददाता/कतार
विविध समस्याहरुका कारण धादिङ्ग जिल्लाबाट कतार आई कार्यरत नेपालीहरुको दोहाको तरबार गेटमा भएको भेलाले धादिङ्ग युवा समाज, कतारको भेला सम्पन्न गरेको छ ।
धादिङ्ग युवा समाजको तदर्थ समितिका उपाध्यक्ष रामकाजी थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई हरि नेपालीले संचालन गरेका थिए । धादिङ्ग युवा सेवा समाजका तत्कालिन अध्यक्ष तथा आप्रवासी तामाङ्ग समाज कतारका अध्यक्ष सुकबहादुर तामाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा कोषाध्यक्ष विष्णुकुमार श्रेष्ठले उक्त समाजको सम्पर्ूण्ा आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने प्रताप कँडेलले समाजको स्थापना हुनुको कारण र पूरा गर्नु पर्ने जिम्मेवारीको बारेमा स्पष्ट पार्नुभएको थियो ।
उपस्थित व्यक्तिहरुबीच भएको छलफल र अन्तक्रिया पछि भेलाले राजकाजी थापाको अध्यक्षतामा १५ सदस्सीय नयाँ कार्यसमितिको चयन गरेको छ । जसमा उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः होमनाथ दनै, हरि नेपाली, प्रताप कँडेल, विष्णुकुमार श्रेष्ठ तथा नवराज गर्तौला रहेका छन् भने सदस्यहरुमा ज्ञानेन्द्र श्रेष्ठ, मीनबहादुर ढकाल, बद्री सिम्खडा, हर्रि्रसाद इटनी, सञ्जय सिलवाल, के.वी. लामा, इभराज थापा क्षेत्री, सुवास तामाङ्ग र अनुपराज अधिकारी रहेका छन् । त्यस्तै सल्लाहकारमा सुकबहादुर तामाङ्ग र प्रेमनारायण श्रेष्ठको चयन गरिएको छ । उक्त नवनिर्वाचित कार्यसमितिलाई प्रमुख सल्लाहकार सुकबहादुर तामाङ्गले बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने नव निर्वाचित समितिको तर्फाट रामकाजी थापाले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
चेपाङबस्तीमा विद्यालयको समस्या
जोगिमारा । जोगिमारा गाविस-५, भारपाङमा प्राथमिक विद्यालय समेत नभएपछि स्थानीय चेपाङ बालबालिकाहरु शिक्षाको उज्यालो घामबाट बञ्चित भएका छन् ।
३१ घरधुरी चेपाङबस्ती रहेको भारपाङमा विद्यालय नहुँदा त्यस क्षेत्रका बालबालिकाहरुले पढ्न लेख्न नपाएका हुन् । यस क्षेत्रका बालबालिकाहरु आफ्नो गाउँमा विद्यालय नहुँदा ३ घण्टाको बाटो हिँडेर गैराङ प्राथमिक विद्यालयमा पुग्नुपर्ने अवस्था रहेको छ । जोगिमारा गाविसमा ३५ प्रतिशत चेपाङहरु रहेका भएपनि अहिलेसम्म २ जना चेपाङले मात्र प्रवेशिका परीक्षा उत्तिर्ण्र्ाारेका छन् । सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले विकटमा रहको भारपाङ लगायतका गाउँस्तीमा शिक्षाको लागि लगानी गरेर त्यस क्षेत्रमा शिक्षाको विकास गराउन लागि पर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।
यसरी नै महादेवस्थान-१, मार्सखर्क गाउँको चेपाङबस्तीमा खानेपानीको समस्या रहेको छ । चार बर्षअघि निर्माण भएको सौर्य ऊर्जा लिफ्टिङ खानेपानी योजना ४ महिना अघि चट्याङमा परेर बिग्रिएपछि मार्सखर्क गाउँमा खानेपानीको समस्या देखिएको हो ।
चट्याङमा परेर सोलार प्यानल बिग्रिएपछि मार्सखर्कका चेपाङहरु दैनिक अर्ढाई घण्टा ओरालो झरेर पानीको जोहो गर्न बाध्य छन् ।
एक महिनादेखि बेपत्ता युवाहरुको शव प्राप्त
एक महिना अघि मलेखुबाट अज्ञात समूहको अपहरणमा परेको काठमाडौंका दर्ुइ युवाहरुको लास गाडिएको अवस्थामा पीडा गाविसको दरिगांल खोलामा फेला परेको छ ।
माओवादी कार्यकर्ता कृष्ण भण्डारीको युथ फोर्सको नेतृत्वमा हत्या भएको भोलिपल्ट उनीहरु मलेखुबाट अपहरणमा परेका उनीहरुको लास फेला परेपछि बिहीबार धादिङ र उपत्यकाका विभिन्न स्थानहरुमा हत्याको विरोधमा विरोध पर््रदर्शनहरु गरिए ।
कलंकी स्यूचाटारका २२ बषर्ीय पुष्कर डंगोल र २४ बषर्ीय निर्मल पन्तलाई वाइसिएलले अपहरण गरी हत्या गरेको आरोप आन्दोलनकारीहरुले लगाएका छन् । तर माओवादी पार्टर्ीी वाइसिएल धादिङले भने कृष्ण भण्डारीको हत्यालाई ओझेलमा पार्न यो झूटो आरोप आफूहरुमाथि लगाइएको बताएको छ । माओवादी धादिङकी सेक्रेटरी आकांक्षा र वाइसिएल धादिङका अध्यक्ष मनराज भण्डारीले विहिबार नै छुट्टाछुट्टै वक्तव्य जारी गरी उक्त कुरा बताएका हुन् । विज्ञप्तिमा माओवादीलाई समाप्त पार्न सुनियोजित ढंगले यो घटना घटाइएको उल्लेख गर्दै हत्यामा संलग्न पक्षलाई खोजी गरी कार्वाही गरिनुपर्ने बताइएको छ ।
हत्या विरोधमा आन्दोलनरत समूहसँग यही ६ गते सरकारले ९ बुँदे सहमति गरेपछि आन्दोलनको कार्यक्रम रोकिएको छ ।
माओवादीमाथि चौतर्फी आक्रमण'
नलाङ/। नयाँ नेपाल निर्माण गर्ने उद्देश्यका साथ सत्ता संचालनमा रहेको नेकपा माओवादीमाथि चौतर्फी आक्रमण भइरहेको नेकपा माओवादीका जिल्ला नेता रामबहादुर भण्डारीले बताउनुभएको छ ।
उहाँले शुक्रबार पात्ले निमावि नलाङको ४७ औं वाषिर्कोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बताउनु भएको हो । उहाँले समयमै संविधान निर्माण हुने भएमा र देशले माओवादीको नेतृत्वमा उन्नति प्रगति गरेमा आफू विस्थापित हुने डरले विशेषत काँग्रेस अत्तालिएको आरोप समेत लगाउनुभयो । उहाँले शैक्षिक नीतिको परिवर्तनको लागि सबै शैक्षिक सरोकारवालाहरु सचेत र र्सतर्क रहनुपर्नेमा जोड दिनुभयो ।
उक्त अविभावक भेला तथा विद्यालय वाषिर्कोत्सवलाई सम्बोधन गर्नुहुँदै अखिल नेपाल शिक्षक संगठनका सदस्य शंकर अधिकारीले वर्तमान सरकारले अहिलेसम्मकै ठूलो पैमानामा १० अर्ब रकम शिक्षा क्षेत्रमा छुट्याएकोले केही आशा गर्न सक्ने अवस्था सृजना भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका जगन्नाथ शर्मा, माओवादीका र्सर्ूय तिमल्सिना, नेपाली काँग्रेसका भिमकान्त सिलवाल लगायतले सम्बोधन गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले विविध सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
विद्यालयको बाषिर्क आयव्ययको विवरण विद्यालयका प्रधानाध्यापक भोजराज भट्टले गर्नुभएको थियो । शिक्षक अमृत गुरुङले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमका अध्यक्षता विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कृष्णमान श्रेष्ठले गर्नुभएको थियो
मानवअधिकार आयोग धादिङमा
धादिङबेसी/। धादिङमा घटेका श्रंृखलाबद्ध घटनाहरुको बारेमा छानबीनको लागि राष्ट्रिय मानव अधिकार आयोगको टोली धादिङ आएको छ ।
टोलीले केही दिनदेखि हिंसात्मक घटना लगायतका मानव अधिकार उल्लंघनका घटनाहरुको अध्ययन गरिरहेको छ । आयोगले आज 'धादिङ जिल्लामा मानव अधिकारको अवस्था' बिषयक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको छ ।
नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु, मानवअधिकारवादी संघसंस्था र सञ्चारकर्मीहरुको बीचमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी आयोगले जिल्लाको पछिल्ला घटनाहरुको अध्ययन गर्ने बताइएको छ । स्मरणीय छ, पछिल्लो एक महिनाको बीचमा धादिङमा ३ जनाको ज्यान गएको छ भने दर्जनौं मानव अधिकार हननका घटनाहरु घटेका छन् । राजनीतिक द्वन्द चर्किदै गएपछि श्रंृखलाबद्धरुपमा यस्ता घटना घटेका हुन् ।

No comments:
Post a Comment