Tuesday, November 25, 2008

राष्ट्रिय कार्यकर्ता भेला जारी 'फुट होइन, अझ सुदृढ एकता हुने'

धादिङ । बहुप्रतिक्षित नेकपा माओवादीको राष्ट्रिय कार्यकर्ता भेला अहिले पनि भक्तपुरको खरीपाटीमा जारी रहेको छ । जनताका विरोधीहरुले विपनामै देखेको माओवादी फुट्ने सपनालाई धुजाधुजा पार्दै अघि बढिरहेको माओवादीको उक्त कार्यकर्ता भेलाले सफलतापर्ूवक नयाँ कार्यदिशा तय गर्ने प्रक्रियामा अघि बढिरहेको भेलामा सहभागी एक राज्य समिति सदस्यले बताएका छन् ।
भेलाको उद्घाटन गर्दै माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले पार्टर्ीीुनै पनि हालतमा नफुट्ने र वैरीहरुले माओवादी कमजोर हुने र फुट्ने भनी देखिरहेको सपना नै फुटेको बताएपछि भेलाले नयाँ गति लिएको हो । उहाँले पार्टर्ीीmन एकताबद्ध भएर दुश्मनको अघि बज्रने दावी पनि गर्नुभयो ।
विगत देखि नै स्वदेशी तथा विदेशी प्रतिक्रियावादी, प्रतिक्रान्तिकारीहरुले माओवादी फुटाउन विभिन्न शक्ति लगाए पनि त्यो सफल हुन नसकेको चर्चा गर्दै यस पटकको केन्द्रीय समितिले जनक्रान्तिको इतिहासलाई नयाँ उचाईबाट अघि बढाएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो ।
क्रान्तिकारी नेतृत्वले जोखिम उठाउने गर्छ भन्दै कमी कमजोरीहरुबाट शिक्षा लिंदै अगाडि बढ्ने हिम्म गर्न सक्नु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कार्यकर्ताहरुलाई जिम्मेवार भएर छलफलमा भाग लिन पनि आग्रह गर्नुभएको थियो ।
एकातिर शान्ति प्रक्रियामा आएपछि क्रान्तिकारीहरुलाई आत्मर्समर्पण गर्न लगाई आम कत्लेआम गरिएको अनुभव र अर्कोतिर क्रान्तिकारीहरु नै उल्टो प्रतिक्रान्तिकारी पाटपर्ूजामा रुपान्तरण भएको दर्ुइवटा अतिबाट बच्दै नयाँ कार्यदिशा तय गर्न यतिबेला माओवादी सिंगो तागत लगाएर छलफलमा जुटिरहेको बताइन्छ ।
बैठकमा सहभागी माओवादी जिल्ला इञ्चार्ज पुष्पविक्रम मल्लका अनुसार ०४८ सालदेखिको पार्टर्ीीन्तरसंर्घष्ामा यो पहिलोपटक फरक दस्तावेज आएको भए पनि बहस छलफलबाट सही विचार र सही कार्यदिशाको विकास गर्ने प्रयत्न भइरहेको छ । उहाँले अगाडि भन्नुभयो- 'भेलाले जब विचारमा एकताबद्ध गर्छ तब त्यो विचार भौतिक शक्तिमा रुपान्तरण हुनेछ । त्यतिखेर दुनियाँको कुनै पनि साम्राज्यवादी, विस्तारवादी र सबैखाले प्रतिक्रियावादीलाई नेपाली जनताले पराजित गर्नेछ र संघीय जनगणतान्त्रिक राज्यसत्ताको नयाँ संविधान बनाउनेछ ।'भेलामा बहुमत कार्यकर्ताले नयाँ संविधान नबनेसम्म लोकतान्त्रिक गणतन्त्रलाई सम्बृद्ध बनाउन लागिपर्नु पर्ने र अहिले जनगणतन्त्रमा सिधै जाने बेला नभएको बताएको एक सहभागीले बताए । उनका अनुसार दर्ुइ फरक दस्तावेजहरु एक भएर आउने निश्चितप्रायः भएको छ ।

No comments: