सिताराम अधिकारी
मैदी, पीपलटार । एउटा समथर टार । पुस्तौंदेखिको कुमालहरुको बस्ती । काम गरेर कहिल्यै नथाक्ने कुमालहरु । तर भोकमरी, खाद्यान्न संकट र विकासको अवसरबाट सँधै पछाडि पारिएको तीतो यथार्थता ।
गाउँमा कुलो खनेर पानी ल्याएपछि सिंचाई हुन्छ, आम्दानी बढ्छ र बर्षरी आफ्नै कमाईबाट खान पुग्छ भन्ने लागेको थियो कुमालहरुलाई तर पिपलटार कुमालहरुले मनमनै हर्ुकाएको सपना कहिल्यै पूरा हुन पाएन ।
मध्य धादिङको मैदी गाविस-९ पिपलटारका कुमालहरु पुस्तौंदेखि ठगिंदै आएका छन् । आफू ठगिएर पनि गाउँलाई प्यारो ठानेर कुमालहरु दुःखका साथ पिपलटारमा बसिरहेका छन् । सरकारले २०३० सालमा नहर खनिदिएको थियो तर पिपलटारमा जहाँबाट पानी ल्याइएको थियो त्यो भन्दा माथिबाट मजुवाबासीले कुलो खनेर पानी लगेकोले पिपलटारमा उत्पादन शुरु भए लगत्तैदेखि सुख्खा लागेको थियो । अझैसम्म पनि पिपलटारबासीहरु श्रोतबाट ठगिइरहेका छन् । जसरी दुःखले छाडेको छैन कुमालहरुलाई त्यसरी नै साधन र श्रोतको अभावले पनि छाडेको छैन ।
कुमारको ९३ घर धुरी रहेको पिपलटारबासी मध्यै एकजनाले पनि प्रवेशिका परीक्षा उत्तर्ीण्ा गर्न सकेका छैनन् । त्यसैले कुमालहरुलाई सहयोग गर्न भनेर मजुवामा मिलसेमत सञ्चालन गरेका छन् रामप्रसाद लामिछानेले । पिपलटार सिंचाई योजनाको अध्यक्ष लामिछानेले हप्तामा एकदिन पानी दिन समेत नसकेको स्थानीय कुमालहरु बताउँछन् । उता लामिछाने भने मजुवामा पानी नचाहिएको बेला लैजान भनेपनि नलगेको बताउँछन् ।
खाद्य अधिकार जिल्ला सञ्जाल धादिङले कुमालहरु श्रोतबाट ठगिएको विषय उठान गर्न अनुरोध गर्दै सञ्चारकर्मीहरुलाई कुमाल गाउँको भ्रमण गराएको थियो ।
श्रोतबाट ठगिएका कुमालहरु अन्य धेरै कुराबाट समेत ठगिएका छन् । उनीहरुको नागरिकता सबैको मैदी गाविसबाट छ भने जग्गाको लालपर्ूजा खरी गाविसमा छ । यसले गर्दा विकास निर्माणमा दुवै गाविसको दृष्टिक्षितिजबाट छायाँमा पर्ने गरेका छन् यी कुमालहरु ।
राजनीतिक दलहरुले अहिलेसम्म भोटका लागि पिपलटार पुगेर गतिला आश्वासन बाँढ्ने गरेको भए पनि कुनै विकासको काम नभएको ६६ बषर्ीय जगतबहादुर कुमालले बताउनुभयो ।
सँगैको मजुवामा हरियाली छ । उत्पादन धेरै भएको छ तर पिपलटारमा भने सधैं सुख्खा लाग्ने गरेको छ । गाउँको छेउमा रहेको विद्यालयका शिक्षकहरुले समेत पिपलटार देख्न सकेका छैनन् । केही विकासे संस्थाहरुले काम गरेको भनेर प्रतिवेदन बनाएको भए पनि गाउँमा परिवर्तन आएकै छैन ।
पिपलटार खरी गाविसको जमिन भएर पनि जनताहरु मैदीमा पर्नुका कारण उनीहरुलाई मैदीका शाहहरुले यो अवसर जुटाइदिएको अगुवा कुमालहरुको भनाई छ । कुमालहरुलाई आफूले भनेको बेला काम लगाउन, माछा मारेको बेला आफूले सित्तैमा उपहार लिनका लागि खरी गाविसमा पर्नुपर्ने पिपलटार मैदीमा पारिएको उनीहरुको कथन छ ।
सरकारले हलिया मुक्तिको घोषणा गरेको भएपनि यहाँका कुमालहरु अझै हलिया बस्न बाध्य छन् । श्रोतबाट ठगिएका कुमालहरुको विकासका लागि अब सबैले चासो देखाउने हो भने उनीहरु पनि समाजका अगुवा बन्न सक्थे कि - बर्षरी खान पुग्ने गरी आफ्नो जग्गामा उत्पादन गर्न सकिने सुनौलो दिनको सपना मनमनै पालिरहेका छन् ।

No comments:
Post a Comment