Tuesday, November 25, 2008

द्वन्द समाधानका लागि राजनीतिक दलहरु जिम्मेवार बन्न आवश्यक छ

- कल्पना धमला, सभासद, क्षेत्र नं. २, धादिङ नेकपा -माओवादी)
तपाईंहरुको पार्टर्ीीे नेतृत्वमा सरकार बनेको सय दिन भैसकेको छ, यसको मुल्यांकन कसरी गर्नुहुन्छ ?
हाम्रो पार्टर्ीीएको भर्खर सय दिन पार गरेको छ । यही बीचमा पनि यहाँको सापेक्षतामा धेरै काम भएको छ । पहिलो कुरो त, हाम्रो सरकारले ल्याएको नीति तथा कार्यक्रम जनमुखी छ । जनताको नाममा पहिलो पटक सम्बोधन भएको नीति तथा कार्यक्रमलाई महत्वाकांक्षी भनेर लागू हुन नदिने षड्यन्त्र हुँदैछ । कतिपय दिनहरु काँग्रेस लगायतका दलहरुद्वारा सदन अवरुद्ध भए जसले महत्वपर्ूण्ा कामहरुलाई समयमै पूरा गर्न सकिएन । यसको बावजूद पनि जनताप्रति केन्द्रित हुँदै नीति तथा कार्यक्रम र त्यसै अनुसारको बजेट यो सरकारले ल्याएको छ । नेपालको इतिहासमा नै यो गुणात्मक ढंगले भिन्न छ । यो कार्यान्वयनको तल्लो तहसम्म नपुगिसकेकोले जनताले आफ्नो पक्षमा परिवर्तनको महसुस गर्न सकेका छैनन् । तर अब समितिहरु बनाएर कार्यान्वयन गइसकेपछि सबैले आफ्नो जीवन व्यवहारमा नै गुणात्मक परिवर्तनको महसुस गर्न सक्नेछन् ।
साथमा, यहाँ हामी नयाँ र राम्रो काम गर्ने प्रयत्नका साथमा पुराना विकृतिहरु रोक्न पनि आफ्नो तागत खर्चिरहेका छौं ।
धादिङमा चारै जना तपाईंहरुको सभासद हुनुहुन्छ, जीवनव्यवहारमा त खासै परिवर्तनको अनुभूति गर्न पाएका छैनन् नि जनताले ?
हामीले हिजो पनि भनेका थियौं, मुलतः माओवादी पार्टर्ीीनताको भाग्य र भविष्य आजै, सरकारमा जाने बित्तिकै कायापलट भइहाल्छ भन्ने कुरा बुझ्नु हुँदैन भनेर हामीले जनतालाई स्पष्ट पार्दै आएका हौं । अहिलेको सरकार संयुक्त सरकार हो । माओवादी पार्टर्ीीे मात्र सरकार होइन, सहमतिको सरकार भएकोले हामीले जनसम्बोधन गर्न सक्ने सहमतिबाटै गर्नुपर्ने यथार्थ जनताले बुझिरहेकै छन् । मुख्य कुरा त, संविधान निर्माणमा जनताले दिएको जिम्मा पूरा गरेर नै छाड्ने छौं ।
हिजो विभिन्न मागहरु विभिन्न मागहरु लिएर आन्दोलन गर्ने तपाईंहरु स्वयं माग पूरा गर्ने ठाउँमा हुुनुहुन्छ, कस्तो अनुभूति हुन्छ ?
पहिलो कुरो त, अहिले हामी माग पूरा गर्ने ठाउँमा छौं भनेर भन्न मिल्दैन । किनकी हिजो पनि राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सवालहरुलाई लिएर वर्गीय, जातिय, क्षेत्रीय, लिंगिय समस्या समाधानका हिसाबले मागहरु उठायौं, संर्घष्ा गर्‍यौं । त्यही संर्घष्ा र बलिदानीको महान जनयुद्धको ऐतिहासिक जगमा हामी आज सरकारको मोर्चामा छौं । यदि हाम्रो नियन्त्रणमा सत्ता हुन्थ्यो भने हामीले जुन मागका लागि संर्घष्ा गरेका थियौं, त्यो पूरा हुने स्थिति हुन्थ्यो । सत्तामा हामी एक्लै छैनौं । अझ भन्ने हो भने यथास्थितिवादी र सामन्तवादको पक्षपोषण गर्ने पार्टर्ीी शक्तिहरुलाई समेत मिलाएर लैजानुपर्ने अवस्थाभित्र रहेर जनताको मागको सम्बोधन हामीले गर्नुपर्ने पनि छ । यर्सथ, पनि उल्लेख्य परिवर्तनको अनुभूति गर्न र गराउन नसकिएको हो ।
द्वन्द व्यवस्थापनको घडीमा धादिङमा त झन द्वन्द चर्कियो नि - किन हो भएको हो यस्तो ?
द्वन्द यतिबेला धादिङमा मात्र होइन, देश भरी नै देखा परिरहेको छ । जिल्लामा अहिले जुन द्वन्दको अवस्था देखा परिरहेको छ, यसलाई यथास्थितिवादी र प्रतिगामी शक्तिहरु कसरी माओवादीलाई सिध्याउने भनेर भौतिक रुपमा उत्रिएको देखिन्छ । एमाले धादिङमा आफ्नो लुटको र्स्वर्ग बचाउन, हिंसात्मक घटना मच्चाउन युथ फोर्सको समूहलाई परिचालन गर्दै कृष्ण भण्डारीको हत्या गर्‍यो र त्यसलाई ओझेलमा पार्न अन्य आरोप लगाइरहेको देखिन्छ जसले द्वन्द बढाउँदै लगिरहेको छ । गाउँ गाउँका माओवादी कार्यकर्ताका हात खुट्टा भाँचिएका छन् । गाउँ गाउँमा धम्काउने र थर्काउने काम युथ फोर्सले गरिरहेकोले युथ फोर्स आतंक बढेको वास्तविकता हो ।
यसको समाधान के होला - के गर्दै हुनुहुन्छ अहिले ?
मैले भन्दै आएको छु, द्वन्द चर्किएको प्रसंगमा राज्य नै गम्भीर भइरहेको छ । यसको समाधान भनेको हामी जिम्मेवार रुपमा जनतामा प्रस्तुत हुँदाहुँदै र संवेदनशील रहँदा रहँदै पनि हाम्रै कार्यकर्तालाई हतियार देखाएर आतंकित पार्ने, हाम्रै कार्यकर्तालाई मार्ने, गाउँगाउँमा आतंक मच्चाउने र फेरि माओवादी-वाइसिएलको कारण द्वन्द चर्कियो भन्ने आरोप छ । यो आफ्नो पराजयको पराकाष्ठाको कुण्ठा अभिव्यक्त भएको छ भन्ने लाग्छ । निश्चित रुपमा नेकपा एमाले र काँग्रेसले जिल्लामा आतंक मच्चाउने काम गरिरहेका छन्, यसलाई अब निष्पक्ष रुपमा छानबीन गरेर दोषीलाई कारवाही गर्ने हो भने जिल्लामा स्वतः शान्ति हुनजान्छ । यसमा राजनीतिक दलहरु जिम्मेवार हुन आवश्यक छ ।
ढिलोगरी सम्पन्न जिल्ला परिषद बारे के भन्नुहुन्छ ?
जिल्ला परिषद ढिलो गरी सम्पन्न हुनुका पछाडि नेकपा एमालेले जिम्मा लिनर्ुपर्छ । हामीले पटक पटक परिषद सम्पन्न गर्ने प्रयास गर्‍यौं । तर एमालेका कारण परिषद समयमै सम्पन्न गर्न सकिएन । जनताको विकास निर्माणको पक्षमा परिषद एमालेको कारण हुन सकेन भनेर जनताको माझमा हामी जान्छौं भनेपछि मात्र परिषद सम्पन्न भएको हो । जनतालाई यसैगरी बुझ्न आग्रह गर्छर्ुु ढिलो गरी भएपनि जिल्ला परिषद सम्पन्न भएको छ ।
कतिपय मानिसहरु असन्तुष्ट छन् नि - लक्षित वर्ग निर्धारण र प्राथमिकतामा चुकेको छ हैन राजनीतिक दलहरु ?
हाम्रो तर्फाट त्यस्तो भएको होइन । हाम्रो लक्षित वर्ग न्यून क्षमता भएको वर्ग हो र यसको उत्थान प्रति हामी प्रतिबद्ध छौं । यसबाट हामी दायाँबायाँ लाग्न सक्दैनौं । तर मैले भनिसकें, पर्ूण्ा रुपले सत्ता हाम्रो हातमा नभएको हुँदा हामी यथास्थितिवादी र प्रगिगामी शक्तिहरुसँग सम्झौतामा जानुपर्ने बाध्यताका कारण हामीले लक्षित वर्गसम्म पुग्नका लागि काम गर्न सकिराखेका छैनौं । हामीलाई ती शक्तिहरुले अवरोध पुर्‍याइरहेका छन् । जनताले यी कुरा पुरातन र यथास्थितीवादीहरुलाई खबरदारी गर्न आवश्यक देखिएको छ । त्यो काम अब जनताले छिट्टै पूरा गर्नेछन् । तब मात्र हामी लक्षित वर्गसम्म पर्ूण्ारुपले पुग्न सक्छौं ।
तपाईं यतिबेला माओवादीको राष्ट्रिय भेलामा हुनुहुन्छ, यसको सर्न्दर्भ, महत्व र वास्तविकताबारे बताइदिनुहोस् न ?
हामी यतिबेला राष्ट्रिय भेलामा जुटिरहेका छौं । यसको सर्न्दर्भलाई हर्ेदाखेरी संविधानसभाको निर्वाचन सम्पन्न गरिसकेपछि हामी अगाडि बढ्नका निम्ति थप कार्यनीतिमा विकास गर्न अहिले राष्ट्रिय भेलाको आयोजना गरिएको हो । यसले अब आगामी दिनमा हामी कसरी अगाडि बढ्ने भन्ने रणनीति र कार्यनीति तय गर्न हामी जुटिरहेका छौं । हाम्रो रणनीति भनेको जनवादी गणतन्त्र नै हो । यो देशका र्सवहारा वर्गलाई मुक्त नबनाउँदासम्म निरन्तर क्रान्तिलाई अगाडि बढाइरहन्छौं । तत्कालीन हिसाबले हाम्रो कार्यनीति भनेको अहिले प्रत्रि्रधात्मक संघीय गणतन्त्रलाई संस्थागत विकास गर्ने र जनतालाई अधिकार सम्पन्न बनाउने ढोका खोल्ने र त्यो दिशातर्फअगाडि बढ्ने प्रक्रियामा हामी अगाडि बढिरहको छौं कि अहिले हामी महान छलफलमा छौं ।
के यसले साँच्चै माओवादीलाई र सिंगो मुलुकलाई नै नयाँ ऊर्जा र गति देला त ?
हिजोका कम्युनिष्ट आन्दोलनहरुमा पार्टर्ीीान्तिपर्ूण्ा राजनीतिमा आएपछि आम नरसंहार पनि गरिएको छ र कतिपय सर्न्दर्भमा कम्युनिष्टहरु पनि पूरानो सत्ताको कलपर्ूजाको रुपमा रुपान्तरित भएका अनुभवहरु पनि हामीले इतिहासबाट लिएका छौं । यी दुवै अतिबाट बच्दै हामीले २१ औं शताब्दीको मौलिक कार्यदिशाको विकास गर्नुपर्ने छ । यही महान जिम्मेवारीको बीचबाट तपाईहरुले भन्नुभएझैं निश्चित हो, यो राष्ट्रिय भेलाले सिंगो मुलुकलाई नयाँ गतिमा लैजान्छ, लैजानर्ुपर्छ र त्यसदिशातर्फलैजान सक्छ भन्ने विश्वास छ ।
अन्तमा, के भन्नुहुन्छ ?
म धादिङबासी जनसमुदायहरुलाई हिजो संसदीय पार्टर्ीीले तपाईंहरुलाई ढाँट्ने छल्ने र समुदायको हितविपरित काम गर्ने गरे । हाम्रो पार्टर्ीीयस्तो गर्न चाँहदैन र म पनि तपाईं जनसमुदायको हितप्रति प्रतिबद्ध भई उभिइरहनेछु । र, तपाईहरुमाथि गरिने छलछामको विरुद्धमा जनसमुदायको हितमा रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

No comments: