- रामबहादुर भण्डारी
देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भैसकेको छ । ऐतिहासिक संविधानसभाको निर्वाचन पश्चात जनताको संविधान लेखन प्रक्रिया अगाडि बढिरहेको छ । नयाँ नेपाल निर्माणको नयाँ युगमा नेपालको राजनीति प्रवेश गरिरहेको छ । वर्तमान अवस्थाको जुन परिवर्तन देशमा आएको छ, त्यो माओवादीको १० बर्षो जनयुद्धकै मुख्य जगमा आएको हो । अरु संसदीय पार्टर्ीी र दरबारियाहरु कुनै न कुनै ढंगले पुरानो सत्तामा बसेर माओवादी जनयुद्ध दबाउन सबै विधि प्रयोग गरेकै हो, टाउकाको मूल्य तोकेकै हो, परिवर्तन चाहने जोसुकैलाई आतंककारीको नाम दिई हत्या, दमनमा संलग्न भएकै हो । तर पर्ूवराजा ज्ञानेन्द्रको असल नोकरको भूमिका पालन गर्न नसकेको कारणले घोक्रेठ्याक लगाएर जेल हाल्ने र दलीय अस्तित्व समाप्त गरिसकेपछि नेपाली जनताले निरंकुश पंचायती व्यवस्थाको अन्त्य गरिदिएर प्राप्त दलीय अस्तित्वबाट ठूलो दलीय घमण्ड तोडियो र षड्यन्त्रकारी मुख्यतः नेका, एमाले सडकमा मिल्किएको बेवारिसे लास बन्न पुगेकै हो ।
नेपाली राजनीतिक इतिहासमा अन्त भएको दलीय अस्तित्व राजतन्त्रको अन्त गर्न लोकतान्त्रिक गणतन्त्र स्थापना र जनयुद्धको कारण सेना, प्रहरीको ब्यारेकदेखि बाहेक नेका, एमाले र राप्रपाको अस्तित्व समाप्त भएको गाउँ गाउँमा पनि राजतन्त्रविरोधी गतिविधि सञ्चालन गर्न माओवादीले अनुमति दियो र राजतन्त्र विरोधी मोर्चा बनाई जुन अमेरिका, भारत लगायत राज्यशक्तिले दबाउन नसकेको माओवादी जनयुद्धको तागतलाई ०६२ मंसीर ७ गते दलीय १२ बुँदे सम्झौता गरी १९ दिने जनआन्दोलन सफल भयो । यसरी २४० बर्षो राजतन्त्रको अन्त र गणतन्त्र स्थापना भयो । यही नै हो विगतको भूराजनीतिक यथार्थ ।
वर्तमान माओवादीलाई नेका, एमालेको चिन्तन, व्यवहार, शैलीमा रुपान्तरण नआउँदा र्सपलाई अमृत पान गराएजस्तै भएको छ । दुश्मन भनेको दुश्मन नै हो । उसले संग्लो पानी धमिल्याउने दुस्साहस गर्छ नै । तर माओवादीले अरुको वर्ग चरित्र अनुसार व्यवहार गर्नुपर्छ र गरिरहेको पनि छ । माटाका भाँडालाई काठा मुंग्रो गर्नैपर्छ । बैरेनीको एमालेका आफूलाई युथफोर्स बताउने जत्थाले बालुवा भ्रष्टाचार गर्न नपाएको झोकमा सुन्दर परियारलाई निर्मम कुटपिट गर्नु, मनोज थापालाई हात खुट्टा भाँचेर मरणासन्न अवस्था बनाई जिन्दगीभर अपांग बनाइदिनु, कृष्णप्रसाद भण्डारीको हत्या गर्नु अनि माओवादीले आफू र आफ्ना कार्यकर्तालाई सुधार गर्नुपर्ने, वाइसिएल विघटन गर्नुपर्ने आदि रवैया उल्टो कुप्रचारले आफ्नो आँङको भैंसी नदेख्ने, अर्कोको आँङको जुम्रा पनि देख्ने भनेझैं एमालेले जनयुद्धका विरुद्ध गरेको गतिविधि यथावत राखेको स्मरण गराउँदछ ।
विगत ०५२ देखि ०६२ अवधिभर माओवादी जनयुद्धको विरुद्ध लाग्ने पुरानो सत्तामा रहेर कार्य गर्नेहरुसँग जनआन्दोलन-२ देखि संविधानसभा निर्वाचन, वर्तमान सरकार गठन, सरकारको नीति तथा कार्यक्रमसम्म आइपुग्दा एउटै कार्यनीति देखिन्छ । सारमा देशी विदेशी शक्तिकेन्द्र माओवादीको बढ्दो लोकप्रियता कम गराउन नीति कार्यक्रम र लक्ष्यसम्म पुग्न नदिन द्वन्दकालीन अवस्थाकै मुक्ति परिवर्तनको बाधकको रुपमा बजारमा प्रस्तुत भइराखेको पाइन्छ । स्वभाविक रुपले दर्ुइ भिन्न वर्गको मार्ग फरक छ, दर्शन, राजनीति, धर्म, संस्कृति, साहित्य, कला, सेना, पुलिस, जेल, अदालत, उपरिसंरचना अलग्गै छ । कार्यनीति रणनीति विपरित भएकोले यी वर्ग बीचमा संर्घष्ा नै समस्या समाधानको वैज्ञानिक विधि हो । शोषी खाने वर्गले आफ्नो तरिकाले क्रान्ति गर्दछ, गरि खाने श्रमजीवी वर्गले शोषकवर्गबाट मुक्ति पाउन आफ्नो तरिकाले प्रतिक्रान्तिबाट छुट्करा पाउन क्रान्ति गर्दछ ।
जुन वर्गका विरुद्ध माओवादीको नेतृत्वमा र्सवहारा वर्गले हतियार उठाए, त्यही वर्गको समन्वय गरेर सत्ताको साझेदारीबाट श्रमजीवीको मुक्ति सम्भव हुँदैन । कुनै पनि दुनियाँमा राजनीति परिवर्तन शत्रुसँग सम्झौता गरेर सरकारमा सामेल भएको इतिहास छैन र हुँदैन पनि । यदि भएमा त्यो जनताको प्रतिगामी सरकार हुन्छ । माओवादी सरकार बनेपछि जनयुद्धका दोषीलाई छानबीन गरेर सरकारको साझेदारी होइन, अपराधी घोषणा गरी कार्वाही गरिनर्ुपर्छ । यदि अनुकूल वातावरण बनेको छैन भने अझै प्रतिकूल अवधिभर माओवादीले नयाँ शिराबाट जनयुद्धको अधुरो कार्य पूरा गर्नुपर्दछ । नत्र भने जसको विरुद्ध जनताले त्याग, बलिदान, विरताका उच्च किर्तिमान कायम गरी जनयुद्धलार्य नयाँ उचाईमा पुर्याउने महान सहिद, बेपत्ता, घाइते योद्धा, आम जनसुमदायप्रति ठूलो अन्याय हुन जान्छ । यहाँ त जनहत्यामा संलग्न अपराधीहरुलाई जनताको नेतृत्व प्रदान गर्ने अवसर दिंदा एकातिर अशोभनीय भएको छ भने अर्कोतिर कुकुरलाई घयू पचिराखेको छैन ।
नेकपा माओवादी विश्व र्सवहारा वर्गको एक टुकडी नेपाली श्रमजीवी वर्गको मुक्तिको खातिर महान जनयुद्धको अग्रदस्ता जस्तै नेपाली जनतालाई सबै खाले शोषण, उत्पीडन, असमानता र भेदभावको अन्त्य गर्न चाहन्छ । नेपाली जनताको निरपेक्ष मुक्तिको लागि आफ्नो व्यक्तिगत स्वार्थ नराखी १० बर्षम्म जोखिम र कहालीलाग्दो क्षणहरु एवं महान र सम्भावना र गम्भीर चुनौतीको बीचबाट अनगिन्ती घुम्तीमोडहरु पार गर्दै आयो । संविधानसभाको चुनावमा १० बर्षो जनयुद्धको मर्म र भावनालाई नेपाली जनताले सान्दार ढंगले आत्मसाथ गरे र शान्तिपर्ूण्ा चुनावको माध्यमद्वारा संसदीय पार्टर्ीी लगायत राजावादी दरबारिया तत्वहरुलाई राम्रैसँग तिरस्कार गरी जनताको हातबाट हुनसक्ने उचित कारवाही गरिदिए । अब माओवादी बाहेक अरु कसैले यो देशमा शासन गर्न सक्दैन भनेर भ्रष्ट, नालायक, जनविश्वास गुमाई सकेका शक्तिहरुलाई असक्षम घोषणा गरीदिए नेपाली जनताले ।
देश र जनताको भन्दा घुस, भ्रष्टाचार, कमिशनखोर र विदेशीको दलाल बनेर पतित भैसकेका शक्तिहरु, तीनको काखपोल्टामा हर्ुर्किएका मिडियाहरु र उत्तरआधुनिकतावादी विदेशी शक्ति केन्द्रहरु माओवादीको नीति तथा कार्यक्रमबाट जनता प्रभावित भै देशमा आमूल परिवर्तनको सम्भावना देखिएकाले जनतामा विभिन्न भ्रम सृजना गरी पुरानै १८ बर्षो बहुदलीय राजतन्त्रात्मक व्यवस्थामा रुपान्तरण गरी आफूजस्तै जनविरोधी भ्रष्ट बनाउन मरिमेटिरहेका छन् । पाए पुनः जनताको दुध चोरी खानेपाले आउँथ्योकी भनेर र्याल चुहाइरहेका छन् । देशले स्वाधिन र जनताले मुक्ति चाहेका छन् । जनताको भावना शान्ति र विकासको मर्मलाई बुझेर विगत ३ बर्षेखि शान्ति प्रक्रियामा अगाडि बढिरहेको छ । सशस्त्र जनयुद्धको सम्पर्ूण्ा कार्यक्रम स्थगित गरेर निदाएको बाघझैं बसेको छ । १२ बुँुदे सहमति पछि राजतन्त्रको अन्त लोकतान्त्रिक गणतन्त्रको स्थापना नयाँ गणतन्त्र, समाजवाद, साम्यवादसम्म पुग्ने लक्ष्यका साथ विगतमा युद्ध अपराध गर्नेहरुको सवुद प्रमाण जनयुद्धका अपराधीहरुलाई युद्ध दबाउन लागको थियो, उसका सबै अपराध माफ गरी माओवादीले राजनीतिक व्यवहार गरेको छ । विगतका कतिपय बिर्सनै नसकिने घाउहरु जबरजस्ती बिर्सर्ेेखाटा बसिसकेको छ । त्यसैले माओवादी जनहितको निमित्त निदाएको बाघ हो । यदि अरु अवस्थामा उसका शरीरका अंग र जुँगा तानेर जबरदस्त ब्युँझाउने दुस्साहस गरियो भने बाघ ब्यँुझेर झम्टन सक्छ जनविरोधी शक्तिहरुलाई । यदि झम्टिहाल्यो भने हारगुहार कसैले दिन सक्नेछैन । सबैलाई चेतना भया ।
No comments:
Post a Comment