Tuesday, December 2, 2008

उत्तरआधुनिकतावाद र महिला मुक्तिको प्रश्न

- सुवास कस्केली
हाम्रो समाजमा अत्यन्तै गम्भीर चुनौतिका रुपमा खडा भइरहेको उत्तरआधुनिकतावाद र महिला मुक्तिका सर्न्दर्भमा यसले पार्ने असरहरुको विवेचना गर्ने प्रयास यस लेखमा गरेकु छु यद्यपि एउटै सानो लेखको यो त्यति सजिलो छैन । उत्तरआधुनिकतावाद एउटा यस्तो मनोवृत्ति प्रवृत्ति हो जसले समाजमा आफूलाई अरु भन्दा बेग्लै राख्ने प्रयास गरिरहेको हुन्छ र त्यो फरकपनालाई नै उसले आधुनिकताको लेपन लगाएर विकासको श्रेणीमा कैद गर्दै आफू पछाडिको सम्पर्ूण्ा मानव जातिले उसकै अनुसरण गर्ने सपना देखिरहेको हुन्छ तर उसले आफूले गरेको कार्यले मानव जातिको सभ्यतामा पारेको असरका बारेमा केलाउन बिर्सन्छ, यथार्थतामा मानव सभ्यतालाई नै सामाजिक जीवनबाट अलग्याएर सूचनाको भूमण्डलीकृत रंगीन संसारमा तेस्रो विश्व समुदायलाई भुलाउँदै विश्व भरका प्राकृतिक स्रोत र साधनहरु माथिको साम्राज्यवादीहरुको एकातर्फी हस्तक्षेपलाई सफल पार्न पश्चिमा मुलुकहरुले विकास गरेको यस प्रकारको पूँजीवादी दर्शन हो उत्तर आधुनिकतावाद हो । यसले मानव सभ्यतालाई नित्सेको शून्यतामा परिणत गर्दै 'बुख्याँचाहरुको भिडमा परिणत गर्ने' दुष्प्रयास गरिरहेको हुन्छ । त्यसैले द्वन्दात्मक भौतिकवादमा विश्वास गर्ने मार्क्सवादीहरु निरन्तर यसको विरोध गरिरहन्छन् ।
हाम्रो समाजमा पनि जानीनजानी, बुझीनबुझी आफूलाई अरु भन्दा फरक देखाउन जबरजस्त उत्तरआधुनिकताको प्रयोग भइरहेको पाइन्छ । कतिपय सरकारी तथा गैह्र सरकारी संस्थाहरु पनि उत्तरआधुनिकताको दलदलबाट बाहिर निस्कनै नसक्ने गरी फसेका छन् । उनीहरुलाई भ्रम के छ भने महिलाहरुलाई व्यावसाय तर्फउन्मुख गराउन सकियो भने समाजमा हाल घटिरहेका घरेलु हिंसाको अन्त्य हुनेछ । स्वास्थ्य, शिक्षा, सुरक्षा जस्ता मौलिक अधिकारहरुको अभावमा लैंगिक विभेदको जाँतोमा पिसिएको हाम्रो समाजमा एकादर्ुइ विपन्न परिवारका महिलाहरुलाई तरकारीको बिउ, पाठा-पाठी निःशुल्क वितरण गरेर व्यवसायतर्फउन्मुख गर्दैमा के महिला मुक्तिको आधारशिला निर्माण गर्न सकिन्छ - अत्यन्तै गम्भीर रुपमा समाज विज्ञानको अवधारण यही नेर रहेको पाइन्छ । निश्चय नै लंैगिक विभेदको अन्त्य नगरी घरेलु हिंसाको अन्त्य गर्न सकिदैंन र लैंगिक विभेदको अन्त्य गर्नको लागि सम्पत्ति र शरीरमाथि महिलाको अधिकारलाई मजवुत बनाउन नितान्त आवश्यक छ । सम्पत्ति र शरीर माथिको महिलाको अधिकारलाई मजवुत बनाउनको लागि राज्य सत्तामा महिलाको अनिवार्य उपस्थितिको आवश्यक छ । महिलालाई राज्य सत्तामा सहभागी गराउनको लागि उनीहरुको राजनैतिक चेतनाको विकास गराउन जरुरी छ । राजनैतिक चेतनाको विकास गराउनको लागि महिलाहरुलाई संगठित शक्तिको रुपमा विकास गर्न जरुरी छ र यस्तो संगठित शक्तिलाई क्रान्तिकारी बनाइराख्न हरदम क्रान्तिकारी पार्टर्ीी निर्देशित गर्न जरुरी छ । तब मात्र लैंगिक विभेद र घरेलु हिंसाको अन्त्य गर्न सकिन्छ ।
उत्तरआधुनिकतावादले कसरी महिलाहरुलाई क्रान्तिकारी राजनैतिक संगठनात्मक शक्तिका रुपमा विकास गर्न अवरोध पुर्‍याइरहेको छ र व्यवसायिकता तर्फउन्मुख गराउँदै राजनैतिक शून्यताको विकास गराएर आफ्नो स्वार्थ पर्ूर्ति गरिरहेको छ भन्ने कुरा बुझ्नको लागि द्वन्दात्मक भौतिकवादी दृष्टिकोण बुझ्न नितान्त आवश्यक छ । हाम्रो देशमा विगत लामो समयदेखि रही आएको महिलाहरुलाई उपभोग्य साधनका रुपमा प्रयोग गर्ने प्रचलनको अन्त्य नगर्दासम्म घरेलु हिंसारहित समाज निर्माणको सपना पूरा हुन सक्दैन ।
समाजमा हाल दर्ुइ प्रकारका महिला अधिकारकर्मीहरु पाइन्छन् । एकाथरी महिला अधिकारकर्मीहरु अन्तरक्रिया, गोष्ठी, छलफल, सभा सेमिनार, प्रस्ताव, निष्कर्षआदिमा नै सिमित हुनुहुन्छ । निश्चित रुपमा उहाँहरुको क्रियाशीलताले केही चिज बुझ्नमा मद्दत पुर्‍याउँछ । अर्काथरी अधिकारकर्मीहरु महिलाहरुको राजनैतिक चेतनास्तरको विकासमा क्रियाशील हुनुहुन्छ । प्रशिद्ध दर्शनशास्त्री कार्ल मार्क्सले 'बुझ्नु ठुलो कुरा होइन, बदल्नु ठूलो कुरा हो' भन्नु भएको छ । उहाँहरुले कार्ल मार्क्सको बदल्ने साहसलाई बढो चुनौतिका साथ पक्डिरहनुभएको छ । वास्तवमा महिला मुक्तिको लागि भलो चिताउने हो भने उत्तरआधुनिकतावादको भ्रमलाई चिरेर राजनैतिक चेतना स्तरको विकास गर्ने महाअभियानमा सामेल हुन अत्यन्तै ढिला भइसकेको छ । यदि हामीले यो भ्रमलाई परास्त गर्न सकेनौं भने सम्पर्ूण्ा महिला मुक्तिको आधारशिला निर्माण गर्दै घरेलु हिंसारहित समाजको निर्माण गर्न त सक्दैनौं नै झन एका-दर्ुइ महिलाहरुको आर्थिक विकासलाई चरम बनाएर सम्पर्ूण्ा महिला जातिहरुलाई, उनीहरुको जीवनलाई आदर्श मान्ने भुत्ते आधुनिकतामा परिणत गर्ने मर्ूखता सिवाय अरु केही गरिरहेका हुँदैनौं । यदि हामीले यो भ्रमलाई परास्त गर्न सकेनौं भने सम्पर्ूण्ा महिला मुक्तिको आधारशिला निर्माण गर्दै घरेलु हिंसारहित समाजको निर्माण गर्न त सक्दैनौं नै झन एका-दर्ुइ महिलाहरुको आर्थिक विकासलाई चरम बनाएर सम्पर्ूण्ा महिला जातिहरुलाई उनीहरुको जीवनलाई आदर्श मान्ने भुत्ते आधुनिकतामा परिणत गर्ने मर्ूखता सिवाय अरु केही गरिरहेका हुँदैनौं ।

No comments: